ललितपुर

रातो मछिन्द्रनाथलाई हिजो रथारोहण गरिएको छ । वैशाख शुक्ल प्रतिपदाका दिन हिजो साँझ ७ बजे देवतालाई रथमा राखिएको हो । "/>

रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न

रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ललितपुर

रातो मछिन्द्रनाथलाई हिजो रथारोहण गरिएको छ । वैशाख शुक्ल प्रतिपदाका दिन हिजो साँझ ७ बजे देवतालाई रथमा राखिएको हो । पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए । वैशाख कृष्ण पक्षभर मछिन्द्रनाथको दश कर्म सकिएपछि हिजो देवतालाई रथमा राखिएको हो । हिजो रथारोहण भएपनि वैशाख ६ गतेबाट मात्रै रथ यात्रा शुरु हुनेछ । आज धमा अगाडि गाई दान गरिने बताइएको छ ।

तत्कालिन भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी बताउँछन् । मच्छिन्द्रनाथलाई रथयात्राका क्रममा भक्तपुर र काठमाडौँवासीले समेत आएर रथ तान्ने गर्दछन् । सुन्धारा देखि लगनखेल सम्मको रथयात्रामा भने रथ तान्ने जिम्मा ललितपुरवासीको हुन्छ । उनीहरुले कृषक ललितको नाममा रथ तान्ने गर्दछन् ।

पुल्चोकबाट शुरु हुने रथयात्रामा गाःबहाल सम्म रथ तान्नु पर्ने जिम्मेवारी भक्तपुरवासीको हो । गाःबहालबाट सुन्धारा सम्म रथ तान्ने जिम्मेवारी काठमाडौँवासीको हो । तर निकै पहिले देखि नै उनीहरुले रथ तान्न आउन छोडिसकेका छन् ।
रासस

Logo