बिर्तामोड

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेताहरूमा सिद्धान्त अध्ययन र पढ्ने कुराको विकास कम हुँदा पार्टी एकताको काम लम्बिएको बताएका छन् । "/>

सञ्चार माध्यमको पछि लाग्दा एकतामा ढिलाइ भयो : नेता श्रेष्ठ

सञ्चार माध्यमको पछि लाग्दा एकतामा ढिलाइ भयो : नेता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

बिर्तामोड

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेताहरूमा सिद्धान्त अध्ययन र पढ्ने कुराको विकास कम हुँदा पार्टी एकताको काम लम्बिएको बताएका छन् । सहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकले बिर्तामोडमा आयोजना गरेको ‘पार्टी एकता र अबको समाजवाद’ विषयक गोष्ठीमा नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

‘नेताहरू सञ्चार माध्यमको हेडलाइन र सामाजिक सञ्जालमा आएका कुराको पछि दौडिएकाले पार्टी एकतामा ढिलाइ भएको हो’, माओवादी एमाले एकता संयोजन समितिका सदस्य रहेका श्रेष्ठले भने । एकताका आधार के के हुन्, विश्वमा पार्टी एकता गर्दाका अनुभव के छन् भन्ने विषय भन्दा सामाजिक सञ्जालमा के कुरा आए र सञ्चार माध्यमका हेडलाइन के छन् भन्नेमा ध्यान दिँदा एकताको आधार तय नभएको उनको भनार्इ थियो ।

‘अहिले दुई ठूला पार्टी बीच ऐतिहासिक एकता हुन लागेको छ । त्यसैले एकताका विषयमा बृहत बहस र छलफल आवश्यक छ’, उनले भने, ‘हामी कसले के भन्यो भन्दा पनि पार्टी एकतापछिको कार्यदिशा के हुन्छ भन्नेमा लाग्नु पर्छ ।’ उनले हरेक कुरामा बहस आवश्यक रहेको उल्लेख गर्दै एकताका विषयमा लामो बहस हुनु सामान्य ठान्नु पर्ने बताए । दुई विचार बोकेका पार्टी एउटै धारमा हिँड्न लागेको र यसमा सबै नेताले मनमा लागेका कुरा पोख्न पाउँदा नै एकताको आधार तयार हुने उनको भनार्इ थियो ।
अन्नपूर्णबाट

Logo