काठमाडौँ

राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि छुट्याएको झन्डै १ अर्ब बजेटको आधा रकम अनियमितता गरिएको पाइएको छ । "/>

क्षयरोगको आधा बजेटमा आर्थिक अनियमितता

क्षयरोगको आधा बजेटमा आर्थिक अनियमितता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि छुट्याएको झन्डै १ अर्ब बजेटको आधा रकम अनियमितता गरिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका केही अधिकारीले आर्थिक तथा प्रशासनिक अनियमितताको फाइल लुकाउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार केन्द्रमा पछिल्लो समय हुने गरेका आर्थिक अनियमितताबारे प्रधानमन्त्री कार्यालयले छुट्टै टोली नै गठन गरेर अनुसन्धान गरिरहेको छ ।

मुलुककै पहिलो सफल स्वास्थ्य कार्यक्रम कुनै समय अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित थियो । कार्यक्रम कार्यान्वयन निकाय राष्ट्रिय क्षयरोग केन्द्र, स्वास्थ्य मन्त्रालयको ‘भन्सार’का रूपमा प्रयोग भइरहेको स्रोत बतायो । स्वास्थ्य सचिव लगायत उच्चतहका केही कर्मचारीको संलग्नतामा केन्द्रको बजेट आधा भन्दा बढी रकम ‘नक्कली बिल बनाएर’ अनियमितता गर्ने गरेको पाइएको छ ।

स्रोतका अनुसार केन्द्रको आर्थिक अनियमिततामा मन्त्रालयका अधिकारीको संलग्नताको पोल खुल्ने डरले केन्द्र बाहिर र कार्यक्रम नै नबुझेकालाई निर्देशक नियुक्ति गर्ने गरिएको छ । ‘बजेटमा मन्त्रालय अधिकारी पटकपटक विदेश जानुु, मन्त्रालयमै बसेर केन्द्रबाट भ्रमण आदेश बनाएर मासिक हजारौं रुपैयाँ खर्च गर्ने र त्यहाँबाट नियमित इन्धन लिने गरिएको छ,’ स्रोतले भन्यो । मन्त्रालयका अधिकारीको निर्देशनमा केन्द्रमा ‘एकैै प्रकृतिका’ व्यक्ति निर्देशक बनाइनु र हरेक दुई वर्षमा सरुवा हुनुपर्ने केन्द्रका लेखा तथा प्रशासन शाखा कर्मचारीको सरुवा नगरिएको स्रोत बताउँछ ।
राजधानीबाट

Skip This
Skip This
Logo