रौतहट

रौतहटमा २ गाउँपालिका सहित १८ वटा नगरपालिका रहेका छन् । सिंहदरबारको अधिकार गाउँको तल्लो तह सम्म पुर्याउने उद्देश्यले स्थानीय सरकारको कल्पना सहित सरकारी निकायका विषयगत कार्यालय समेत स्थानीयतहमा समाहित भएका छन् । "/>

रौतहटमा सामाजिक सुरक्षा भत्ताको बेरुजु रकम बढ्यो

रौतहटमा सामाजिक सुरक्षा भत्ताको बेरुजु रकम बढ्यो

केन्द्रबिन्दु
0
Shares

रौतहट

रौतहटमा २ गाउँपालिका सहित १८ वटा नगरपालिका रहेका छन् । सिंहदरबारको अधिकार गाउँको तल्लो तह सम्म पुर्याउने उद्देश्यले स्थानीय सरकारको कल्पना सहित सरकारी निकायका विषयगत कार्यालय समेत स्थानीयतहमा समाहित भएका छन् ।

स्थानीयतहले निर्माण गरेको नीति, कार्यक्रम र विनियोजित बजेटको परिधिमा स्थानीयतहका नागरिक समृद्ध हुँदै जाने विश्वास लिइएको छ तर सामाजिक सुरक्षा भत्ता वितरणमा रौतहटका स्थानीय तहमा भने ६ करोड ७५ लाख, ३ हजार ४ सय २० रुपियाँ बेरुजु रहेको छ । राष्ट्रका असहाय, अपांगता भएका व्यक्ति, महिला, बालबालिका, बृद्ध तथा अशक्त व्यक्तिहरूको सुरक्षाका लागि उचित पुनःस्थापना, रोजगारी र सुरक्षाको व्यवस्था गरी देश विकासको कार्यमा सरिक गराउने उद्देश्य रहेको छ । राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नीति अबलम्बन गरे पनि स्थानीय तहका कारण लक्षित समूह सम्म नपुग्ने अवस्था रहेको पाइएको छ ।

बेरुजु रहनुमा तत्कालीन सचिवले रकम हिनामिना गर्नु, कागज मिलान नहुनु लगायतका कारण हुन सक्ने औंल्याइएको छ । महालेखा परीक्षकको कार्यालय डोरमुकाम रौतहटबाट आर्थिक वर्ष ०७३⁄७४ मा रौतहटको स्थानीय तहको स्रेस्ता परीक्षण हुँदा सामाजिक सुरक्षा कार्यक्रमको रकम बेरुजु रहेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo