बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क राई (साम्पाङ) ले नेपालको सरकार विदेशीको प्रभावमा रहेको टिप्पणी गरेका छन्। शनिबार बुटवलमा आयोजित आमसभामा साम्पाङले साना–ठूला आयोजनाका लागि विदेशबाट ऋण लिनु परेपछि विदेशी हस्तक्षेप बढेको र राष्ट्रियता कमजोर भएको बताए ।
उनले भने, “सानो सडक, पुल वा खानेपानी बनाउन पनि विदेशीसँग ऋण माग्नु परेको छ, जसले नेपाल माग्नेहरूको देश जस्तो देखाएको छ ।” उनले हप्ताको ६ दिन आफ्नै लागि र १ दिन देशको लागि श्रमदान गर्नुपर्ने भन्दै चीन, जापान र कोरिया जस्ता देशहरूको श्रम–संस्कृति नेपालले सिक्नुपर्ने जिकिर गरे।
पार्टी संयोजक राईले चुनाव जितेर सरकार नेतृत्व गरेपछि एक रुपैयाँ भ्रष्टाचार प्रमाणित भए देश छाडेर शरणार्थी बन्न तयार रहेको पनि स्पष्ट पारे।





























प्रतिक्रिया