धनगढी
बालिका र किशोरी माथी बलात्कारका घटना डरलाग्दो गरी बढ्दै गइरहेको भन्दै यो रोक्न बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गरिनु पर्ने अवाज संसदमा उठेको छ । शुक्रवार प्रदेशसभा ७ को बैठकमा प्रदेश सरकारको प्रस्तुत नीति तथा कार्यक्रम माथीको छलफलमा बोल्दै प्रदेश सभा सदस्य मना कुमारी साँउदले बलात्कारमा संलग्न हुनेलाई निरुत्साहित पार्ने कानुनी कारवाहीको अभावले समाजमा दिनानु दिन बलात्कारका घटना बृद्धी भइरहेको बताइन् ।
८ महिनाको अवोध बालिका सम्म बलात्कारको शिकार बन्नु परेको उनले बताइन् ।‘ कहिले आठ महिनाको बालिका बलात्कार भएको, १२ बर्षको बालिका बलात्कार भएको हामीले सुन्नु परेको छ’ उनले भनिन्, ‘संविधानमा कारबाहीको व्यवस्था हुँदा पनि किन बलात्कारका घटना बढ्दै गइरहेका छन् भन्ने तर्फ ध्यान दिनु जरुरी छ ।’
एउटा अवोध वालिकालाई बलात्कार गर्ने जस्तो अपराधमा संलग्नलाई मिलोमतोमा छोड्ने, अदालतवाट धरौटीमा रिहा गर्ने गरिएको उनले बताइन् । अहिले विद्यमान कानुन अनुसार जेल सजायँ दिएर बलात्कार घट्न नसकेकाले बलात्कार रोक्न मृत्यु दण्ड दिने कानुन ल्याउनु पर्ने आबश्यक रहेको उनको धारणा छ । अवोध बालिकालाई बलात्कार गर्नेलाई मानव अधिकार हुन नसक्ने तर्क गर्दै बलात्कारीलाई मृत्यु दिने कानुन ल्याउन बहस गर्न उनले आग्रह गरिन् । यसैगरी माया तामाङ बोहराले छाउपडी लगायतका कुप्रथाबाट र महिला हिंसावाट किशोरी र महिलाहरु पीडित भइरहेको उल्लेख गर्दै यसलाई रोक्न कडा कानुन ल्याइनु पर्ने बताइन् ।
नागरिकबाट































प्रतिक्रिया