काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गरेका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा तीन करोड ७४ लाख धरौटी बुझाएर नक्खु कारागारबाट छुटेका लामिछाने आज वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा पुगेका हुन् । उनलाई बाजागासहित पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।





























प्रतिक्रिया