सविन रेग्मी पोखरा। तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा गएको पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
२०५८ सालमा स्थापना भएको संस्थाले गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ भने यो संस्था जापानमा गठन भइ नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ ।
२५ बर्षको दौरानमा रहेको यो संस्थाले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवम् शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखी भेटघट हुन नसकेका व्यक्तित्वहरु तथा कामको व्यस्तताले रमाइलो माहोलमा आफूलाई समाहित गर्न अवसर नमिलेका व्यक्तिहरुलाई जमघट गराई खुशीर आफ्ना भावनाहरु साट्न पाउँदा असाध्य मन प्रफुल्लित भएको माहोल कार्यक्रममा देख्न सकिन्थ्यो ।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । गायक राजबहादुर गुरुङ, सङ्गिता गुरुङ, डविन गुरुङ र प्रकाश रानाका सुमधुर आवाजले कार्यक्रममा थप रौनक थपिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङद्वारा तयार पारिएको स्थापनाकालदेखि २५ वर्षसम्म भएका संस्थाका गतिविधिहरु समेटिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको यस कार्यक्रममा टेक गुरुङ, धीरबहादुर गुरुङ,पदमशोभा गुरुङ, मनकुमारी गुरुङ र हुमबहादुर गुरुङले आजिवन सदस्यता ग्रहण गर्नुभयो भने दरौं सिरुबारी, हाल युके निवासी सीता गुरुङ्द्वारा १० हजार १ सय ५ र संस्थाका पूर्व कोषाध्यक्ष भिमकाजी गुरुङ र उहाँकि धर्मपत्नी विष्णु गुरुङद्वारा २० हजार १सय सयोग समेत प्रदान गरेका थिए ।
कार्यक्रममा सहयोग र सेवाको भावनाले ओतप्रोत भएका पर्वत राम्जाकोट, हाल पोखरा नयाँ गाउँ निवासी, तमु धीं जापानका संस्थापक अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङर परनिता गुरुङले रु। १ लाख २५ हजार रकम बराबरको अक्षयकोष स्थापना गरेका छन्।
संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीजङ गुरुङले गरेका थिए। कार्यक्रमको संचालन संस्थाका सह सचीव लोकबहादुर गुरुङ तथा द्वितीय उपाध्यक्ष ओम गुरुङले गरेका थिए ।





























प्रतिक्रिया