प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेता नजाने

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलका शीर्ष नेता नजाने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाले आफ्नो प्रतिनिधित्वका लागि दोस्रो तहका नेताहरू पठाउने भएका छन्।

समसामयिक राजनीतिक अवस्था र निर्वाचनबारे छलफलका लागि बैठक दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुनेछ । नेपाली कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव सहभागी हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे।

नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुनेछन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन बैठकमा जानेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल र सोविता गौतम पनि प्रतिनिधि बनेका छन्।

प्रधानमन्त्री र दलबीचको हुने यस विशेष संवादलाई वर्तमान परिस्थिति लाई सहज बनाउने रणनीतिका रूपमा हेरिएको छ ।

Skip This
Skip This
Logo