माइतीघरबाट निकोलस भुसालसहित केही प्रदर्शनकारी पक्राउ

माइतीघरबाट निकोलस भुसालसहित केही प्रदर्शनकारी पक्राउ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । आफूलाई जेनजी अभियन्ता भन्ने निकोलस भुसाल माइतीघरबाट पक्राउ परेका छन् ।

प्रशासनको अनुमतिबिना माइतीघरमा आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्ने क्रममा भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको हो । यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आज मिराज ढुंगाना, रविकिरण हमालसहितका जेनजी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।

Logo