के होला त संसद पुनर्स्थापना ? १४३ पूर्वसांसदको हस्ताक्षर तयार

के होला त संसद पुनर्स्थापना ? १४३ पूर्वसांसदको हस्ताक्षर तयार

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा राजनीतिक दलहरुले बहुमत जुटाएका छन् । सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टीका पूर्वसांसद र केही स्वतन्त्र पूर्वसांसदहरूले हस्ताक्षर गरेका हुन् ।

जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि अदालतमा मुद्दाको पक्ष कायम राख्न हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा, र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, अहिलेसम्म ६५ कांग्रेस सांसदले हस्ताक्षर गरिसकेका छन्। यसअघि नेकपा एमालेले ७५ सांसदको हस्ताक्षर अदालतमा बुझाइसकेको थियो। यसरी कांग्रेस र एमालेको हस्ताक्षर जोड्दा १४० मत पुग्छ । त्यसमाथि अन्य तीन सांसद थपिएपछि १४३ सांसदको बहुमत प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अदालतमा पुग्ने स्थिति बनेको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतको आवश्यक संख्या १३८ सांसद हो, जसलाई अब सजिलै पार गरिदिएको छ ।

Skip This
Skip This
Logo