काठमाडौँ । नेकपा एमालेका विभिन्न जिल्लाका ४ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सोमबार नेकपाको पार्टी मुख्यालय पेरिसडाँडा पुगेर एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरु नेकपामा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमा पर्साका पूर्व प्रदेशसभा सदस्य प्रल्हाद गिरी लगायत स्याङ्जा र ओखलढुंगाका नेताहरू रहेका छन् ।
पार्टी प्रवेशीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव नेपालले नवप्रवेशी नेताहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा पार्टी नेतृत्वले नयाँ प्रवेशकर्ताले संगठनलाई थप ऊर्जा दिने र राष्ट्र, राष्ट्रियता तथा समाजवादी परिवर्तनको पक्षमा एकताबद्ध भएर अघि बढ्ने सन्देश दिएको उल्लेख गरेका छन् ।
नवप्रवेशी नेताहरूले आँफुहरुको निर्णयले पार्टीको सङ्गठनात्मक मजबुती बढाउने र आगामी रणनीतिमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।































प्रतिक्रिया