काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सोमबार बसेको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा सचिव महेश बस्नेतले दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको बताएका हुन् ।
‘हामी २१ फागुनमा निर्वाचन हुन्छ भन्नेमा विस्वस्त छैनौँ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर कसरी निर्वाचनको वातावरण बनाउनुहुन्छ ?’
उनले थपे,‘हामी लोकतान्त्रिक पद्दतीलाई आत्मासाथ गरेर आएका दलहरु निर्वाचनको विपक्षमा कहिल्यै पनि हुँदैनौं । सैद्धान्तिक रुपमा हामी निर्वाचनको पक्षमा छौं । आजको वातावरण र संसद पुनःस्थापनाको मागसहित यो सरकार असंवैधानिक हो भनेर सर्वोच्च अदालतमा रिट हालेको अवस्थामा २१ गते निर्वाचन हुँदैन भन्ने कुरा हो । धेरै होमवर्क गरेर मात्र निर्वाचनको तयारी गर्न सकिन्छ । यो कुरामा सरकारको ध्यान गएको छैन ।’
फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ भनेर उनले प्रश्न समेत गरे ।
उनले निर्वाचनलाई निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए । अब औपचारिक च्यानलबाट दलहरूसँग ‘वान टु वान’ छलफल गर्दा राम्रो हुने उनकाे सुझाव थियाे ।





























प्रतिक्रिया