पर्वत महोत्सवको तयारी अन्तिम चरणमा,अहिलेसम्मकै ठूलो राशीको खुला लोक दोहोरी गीत प्रतियोगिता हुँदै

पर्वत महोत्सवको तयारी अन्तिम चरणमा,अहिलेसम्मकै ठूलो राशीको खुला लोक दोहोरी गीत प्रतियोगिता हुँदै


पर्वत । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौँ पर्वत महोत्सवमा अहिलेसम्मकै ठूलो पुरस्कार राशी राखेर राष्ट्रिय स्तरको खुला लोक दोहोरी गीत प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु १,३३,३३३, द्वितीय रु ६६,६६६, तृतीय रु ३३,३३३ र सान्त्वना रु १६,६६६ तोकिएको छ।

प्रतियोगितामा नेपालभरीका लोक पारखी कलाकारले सहभागिता जनाउन पाउनेछन्। हालै टिम दर्ताको काम धमाधम भइरहेको महोत्सव संयोजक मिनप्रसाद शर्माले जानकारी दिए।

महोत्सव यहि पुस ९ देखि १९ गतेसम्म बडागाउँमा आयोजना हुनेछ। महोत्सवमा केवल दोहोरी प्रतियोगिता मात्र नभई विद्यालयस्तरीय लोक नृत्य, भजन, रत्यौली गीत, भलिबल प्रतियोगिता, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता र झाँकी ¥याली हुने प्रचारप्रसार संयोजक खड्ग प्रसाद खनालले केन्द्रविन्दुलाई बताए।

महोत्सवलाई लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन र सांगीतिक प्रतिभा प्रदर्शनको अवसरका रूपमा तयार पारिएको आयोजक संस्था पर्वत उद्दोग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले बताएका छन् । भोली देखी सञ्चालन हुने महोत्सवको अन्तिम तयारीमा जुटिरहेको आर्थिक संयोजक कमल जि.सीको भनाई छ । महोत्सव लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैको हातेमालो आवश्यक रहेको मुल आयोजक समितिले बताएको छ ।

Skip This
Skip This
Logo