बाजुरा

जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ । "/>

जीर्ण कारागारमा क्षमता भन्दा बढी

जीर्ण कारागारमा क्षमता भन्दा बढी

केन्द्रबिन्दु
0
Shares

बाजुरा

जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदी राखिँदा बास बस्न समेत समस्या हुँदै आएको छ । कारागारको अवस्था समेत जीर्ण रहेको बेला क्षमता भन्दा बढी कैदी राखिँदा आफुहरुलाई बस्न समस्या हुने गरेको कैदीहरुले गुनासो गरेका छन् । २५ कैदी राख्ने क्षमता भएपनि हाल सो कारागारमा ३१ कैदी राखिएको जिल्ला कारागार बाजुराले जनाएको छ । कैदी पनि बढी र अझ कारागारको अवस्था जीर्ण रहेकाले बढी समस्या हुने गरेको कैदीहरुको भनार्इ रहेको छ ।

कारागार स्थापना भएको ३५ वर्ष बितिसक्दा पनि भवनको पुननिर्माण हुन सकेको छैन । सो कारागार वि.सं. २०३९ सालमा स्थापना गरिएको थियो । २५ जना कैदी बन्दीका लागि क्षमता भएको बन्दी गृहमा अहिले ३१ कैदी राखिएको छ । भवन अभावमा क्षमता भन्दा बढी कैदी राख्न बाध्य भएको कारागार प्रशासनले जनाएको छ ।

बन्दीगृहमा अहिले कर्तव्य ज्यान मुद्धामा १० जना र ४ जना पुर्पक्ष थुनुवा गरि १४ जना कर्तव्य ज्यान मुद्धाका रहेका जिल्ला कारागार प्रमुख नन्दसिंह कार्कीले जानकारी दिए । त्यस्तै जबरजस्ती करणी मुद्धामा ८, पुर्पक्ष थुनुवा ३ गरी ११ जना रहेका छन् ।
नयाँ पत्रिकाबाट

Logo