हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्न राजधानीमा विशेष सम्मेलन

हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्न राजधानीमा विशेष सम्मेलन

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। हिमाली भेगका अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित सिर्जनात्मक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा विशेष सम्मेलन आयोजना गरिएको छ । अरनिको समाजको आयोजना भएको सो सम्मेलनमा नेपालको हिमाली क्षेत्र तथा मित्रराष्ट्र चीनको सिजाङ प्रान्तको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने बारेमा विचारविमर्श गरिएको थियो ।

सम्मेलनका क्रममा पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसखालका कार्यक्रमले नेपाल र चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका उत्पादनको विश्वव्यापीकरणमा महासङ्घ क्रियाशील रहेको बताए ।

अरनिको समाजका अध्यक्ष सुशील प्रजापतिले सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा हिमाली भेगका अमूर्त सम्पदाको परिचय, प्रकार र विशेषतालगायत बारेमा जानकारी गराइएको थियो ।

Skip This
Skip This
Logo