काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसकासहित ६८ सांसदले गरेको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ ।
हस्ताक्षरसहितको पूरक रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार सर्वोच्च अदालतमा दर्ता गरेका हुन् । जसमा कांग्रेसका ६५ र अन्य दलका तीन सांसदले हस्ताक्षर गरेका छन् । रिटको पेशी भोलि संवैधानिक इजलासमा तोकिएको छ । नेकपा एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।





























प्रतिक्रिया