काठमाडौं

सभामुख कृष्ण बहादुर महराले साँढे २ वर्ष भित्रमा संसद्ले आफ्नै भवन पाउने बताएका छन् । "/>

अब साँढे २ वर्ष भित्रमा आफ्नै संसद भवन : सभामुख महरा

अब साँढे २ वर्ष भित्रमा आफ्नै संसद भवन : सभामुख महरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सभामुख कृष्ण बहादुर महराले साँढे २ वर्ष भित्रमा संसद्ले आफ्नै भवन पाउने बताएका छन् । बुधबार संसदीय रिपोर्टिङ गर्ने पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सभामुख महराले संसद भवन बनाउने गृहकार्य भइरहेको जनाए ।

भवन बनाउनका लागि सरकारले २०५५ सालमा नै जग्गा छुट्याइसकेको छ । ‘पुतली बगैंचामा संसद भवन बन्नेछ, सेनालाई गृहमन्त्रालय नजिकै रहेको खाली जग्गामा व्यवस्थापन गर्ने योजना हो’, महराले भने – ‘संसद र संसदीय गतिविधि प्रभावकारी बनाउन पत्रकारको पनि सहयोग हुने अपेक्षा गरेको छु ।’ सभामुखले संसदीय रिपोर्टिङ गर्दा पत्रकारले भोगेका समस्याको बारेमा पनि जानकारी लिएका थिए ।

उनले पत्रकारलाई पेसा प्रति जिम्मेवारी वहन गर्न आग्रह गर्दै संसद सचिवालयले पत्रकारलाई अधिकतम सेवा सुविधा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरे । पत्रकारहरूले प्राविधिक पक्षमा समस्या भएको, कम्प्युटर भरपर्दो नभएको, फोटो खिच्ने ठाउँ साँघुरो भएको, समयमा सूचना पाउन नसकिएको जस्ता गुनासा राखेका थिए । सभामुखले आफ्नो नयाँ अनुभव भएकाले भोलिका दिनमा थप राम्रो र विश्वसनीय बनाउँदै लैजाने जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

Logo