काठमाडौं
महानगरीय प्रहरी परिसर, काठमाडौँले दिल्लीबाट राजश्व छली गरेर ल्याएका ११२ थान मोबाइल सहित चार जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले मोबाइल सहित रामेछापका कृष्ण थापा मगर, सिन्धुलीका भुवन बहादुर भुजेल, दोलखाका हरि बहादुर श्रेष्ठ र संखुवासभाका तिलक श्रेष्ठलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले भारतबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नं को बस जाँचका क्रममा ती मोबाइल फेला परेको जानकारी दिए । उनले अनुसन्धानका क्रममा संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने सुमिता श्रेष्ठको डेरामा लुकाई राखिएका १८ थान मोबाइल बरामद गरिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
रासस





























प्रतिक्रिया