सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्दैछ ।

हिजो यो समितिले कांग्रेस, एमाले र नेकपाको केन्द्रीय कार्यालय अनुगमन गरेको थियो । समितिले आज बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपाको कार्यालय र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमन गर्ने कार्यक्रम छ । त्यसक्रममा ती पार्टीका नेताहरुसँग छलफल पनि हुनेछ ।

सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सो समितिले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बनाउनका लागि दलका नेताहरुसँग भेटघाट तथा छलफल गर्दै आएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र सम्वादलाई तीब्रता दिएर दलहरुकै कार्यालयमा पुगेर वार्ता गरिरहेको बताए।‘निर्वाचनको वातावरणका लागि सरकारले चरणवद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्ने सन्देश हो र दलहरुलाई सकारात्मक दबाव पनि हो,’ मन्त्री खरेलले भने ।

मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरुलाई पनि यसप्रति केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गरे ।

Skip This
Skip This
Logo