लेखक जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने अन्यौलमा, थाले परामर्श

लेखक जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने अन्यौलमा, थाले परामर्श

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिक परामर्शमा जुटेका छन् ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

त्यसपछि लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श थालेका हुन् । यद्यपी उनले बयान दिन जाने कि नजानेबारे अहिलेसम्म निर्णय भने लिइसकेका छैनन् ।

भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन हुँदा ७६ जनाको ज्यान गएको थियो । त्यतिबेला लेखक नै सरकारका गृहमन्त्री थिए ।

Logo