काठमाडौं । नाडा आटोमोबाइल एशोसिएसन नेपाल (नाडा)को साधारण सभा फेरि रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित आज पुस ९ गते बोलाइएको साधारण सभा विधान बमोजिम नभएको भन्दै तत्काल रोक्न पत्रचार गरेको हो ।
साधारण सभाको प्रस्तावनै नाडालाई महासंघमा लैजाने एजेन्डा मात्र रहेकोले सो प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि कार्य नगर्नु र नगराउनु भन्ने आदेश जिल्ला प्रशासन कार्यलयले पठाएको पत्रमा उल्लेख छ ।
कार्यसमितिभित्र उत्पन्न विवादलाई समाधान नगरी एकतर्फी रुपमा हालका पदाधिकारीले नाडालाई महासंघमा लगेर आफ्नो पद लम्ब्याउन खोजेको केही कार्यसमिति सदस्य पदाधिकारीको आरोप छ ।
यद्यपी नाडाले साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जनाएको छ ।





























प्रतिक्रिया