काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले महासंघमा जाने घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारणसभा रोक्न दिएको आदेशका बीच पुल्चोकस्थित द प्लाजामा बसेको नाडाको ४९औं वार्षिक साधारण सभाले महासंघमा जाने निर्णय गरेको हो । साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचनको घोषणासमेत गरेको छ ।
नाडाको नयाँ नेतृत्व चयनका लागि यही २५ पुसमा निर्वाचन हुने भएको छ । साधारणसभासभाकै क्रममा नाडाको निर्वाचन हुनुपर्ने भए पनि अन्तिम समयमा जिल्ला प्रशासन कार्यालयले नाडालाई निर्वाचनमा जान परिपत्र गरेसँगै निर्वाचनमा होमिएको हो ।





























प्रतिक्रिया