डोल्पा

विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई साता देखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । "/>

दुर्गम पहाडी जिल्लामा औषधि अभावः स्वास्थ्य सेवा प्रभावित

दुर्गम पहाडी जिल्लामा औषधि अभावः स्वास्थ्य सेवा प्रभावित

केन्द्रबिन्दु
0
Shares

डोल्पा

विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई साता देखि नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाईमार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ । डोल्पामा औषधि पठाउन भन्दै ढुवानीकर्ता मनकामना एयर कार्गोले वैशाख ९ गते राझा विमानस्थल लगेको थियो । तर विमान चार्टर गर्न ढिलाइ भएका कारण आधारभूत सेवाका अत्यावश्यक एक सय ५६ कार्टुन औषधि नेपालगन्ज विमानस्थलको स्टोरमा थन्किएका छन् ।

डोल्पामा औषधि पठाउन ढिलाइ भएको यो नयाँ घटना भने होइन । हरेक वर्ष डोल्पा, मुगु र हुम्ला जिल्लाले यस्तो समस्या भोग्दै आएका छन् । असहज यातायात, फितलो व्यवस्थापन र स्थानीय निकायको ढिलासुस्तीका कारण रुकुम, जाजरकोट लगायतका जिल्लामा पनि औषधि अभाव भएको छ । मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले १६ जिल्लालाई औषधि पठाउँदै आएको छ । बाँके बाहेक अन्य सबै जिल्लाले ढुवानी टेन्डर मार्फत औषधि लैजान्छन् । केही जिल्लाले आफ्नै सवारीसाधन प्रयोग गरेर औषधि लैजाने गरेका छन् । यातायात सुविधा कठिन भएका जिल्लाले भने समयमै औषधि ढुवानी गर्न सक्दैनन् ।

ढुवानी गर्ने कम्पनीले पनि समयमा औषधि पु¥याउन नसक्दा पहाडी जिल्लाको स्वास्थ्य सेवा प्रभावित बन्ने गरेको छ । अत्यावश्यक भिटामिन ए र विभिन्न प्रकारका खोप डोल्पा जाने यात्रुलाई अनुरोध गरेर पठाइएको मध्यपश्चिम क्षेत्रीय मेडिकल स्टोरका जनस्वास्थ्य अधिकृत डिल्लीराज पोखरेलले बताए । उनका अनुसार ढुवानी गर्ने टेन्डर पाएको मनकामना कार्गोले अबको तीन, चार दिनमा डोल्पामा औषधि पठाउने तयारी गरिरहेको छ । अत्यावश्यक औषधि डोल्पा जाने यात्रीलाई अनुरोध गरेर पठाउनु पर्ने बाध्यता रहेको पोखरेलले बताए ।
नागरिकबाट

Logo