काठमाडौँ। चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ। आगामी हप्ता विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण १५ वडालाई समेटेर घोषणा गरिनेछ। यससँगै चन्द्रागिरि काठमाडौँ जिल्लाकै पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्नेछ।
नगरले राष्ट्रिय गुरुयोजना र स्थानीय कार्ययोजनाअनुसार बालश्रम निवारणलाई उच्च प्राथमिकता दिँदै सबै वडालाई लक्ष्यअगावै ‘बालश्रममुक्त’ बनाएको जनाएको छ। नगर प्रमुख घनश्याम गिरीले बाल संरक्षण, बाल अधिकार र बालमैत्री वातावरणप्रति नगरको प्रतिबद्धता दोहोर्याउनुभयो।





























प्रतिक्रिया