काठमाडौं। कोशी प्रदेशका उदाउँदै गरेका क्रिकेटर मिनेश थापाको दुर्घटनामा निधन भएको छ । थापाको असामयिक निधनले घरपरिवार सँगै नेपाली क्रिकेट समुदाय शोकमा डुबेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै मिनेशलाई कुशल र प्रतिभाशाली खेलाडीका रूपमा स्मरण गरेका छन्। उनले दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्।
युवा उमेरमै भएको यस घटनालाई नेपाली क्रिकेटका लागि अपूरणीय क्षतिका रूपमा हेरिएको छ ।































प्रतिक्रिया