काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले ‘लुकेर गेम खेल्ने गेमर’ भन्दै कडा कटाक्ष गरेका छन्।
बालेन र हर्कबीचको सामाजिक सञ्जालको वाकयुद्ध नयाँ होइन । तर पछिल्लो समय ‘जेनजी’ आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमलाई लिएर साम्पाङले बालेनमाथि गम्भीर आरोपसहित कटाक्ष गरेका हुन्।
साम्पाङले लेखेका छन्, ‘जेनजीलाई उक्साएर मर्न लगाएर, उनीहरूको अन्त्येष्टिमा समेत ननिस्कने लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने रे ’
चुनाव नजिकिएसँगै मेयर बालेनले विभिन्र नेताहरूसँग वैकल्पिक शक्ति निर्माणबारे छलफल थालेका छन् । उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कांग्रेस नेता डा. सुनिल शर्मा, ऊर्जामन्त्री कुलमान घिसिङ, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङसँग कुपेण्डोलस्थित कुमार बनेको घरमा छलफल गरेका छन् । यसैबीच हर्कले बालेनमाथि कटाक्ष गरेका हुन् ।





























प्रतिक्रिया