सागर ग्रुपद्वारा ३०औँ वार्षिकोत्सवको अवसरमा ‘पार्टनर भेटघाट तथा एक्स-ल्याव प्रडक्ट डेमो’ कार्यक्रम सम्पन्न

सागर ग्रुपद्वारा ३०औँ वार्षिकोत्सवको अवसरमा ‘पार्टनर भेटघाट तथा एक्स-ल्याव प्रडक्ट डेमो’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सूचना प्रविधि तथा डिजिटल समाधानको क्षेत्रमा तीन दशकदेखि क्रियाशील सागर ग्रुपले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको अवसरमा ‘पार्टनर भेटघाट तथा एक्स-ल्याव प्रडक्ट डेमो’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

राजधानीमा आयोजित उक्त विशेष समारोहमा १०० भन्दा बढी व्यावसायिक तथा च्यानल पार्टनरहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य विगत ३० वर्षको उपलब्धि साझा गर्ने, अनुभव साटासाट गर्ने र आगामी दिनमा पार्टनरहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा सागर ग्रुपले नेपालमा भित्र्याएका विश्वस्तरीय प्रविधिहरूको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। विशेषगरी एक्स-ल्याव (युएसए) ब्रान्डका विभिन्न श्रेणीका उत्पादनहरू आधुनिक जीवनशैलीका लागि उपयोगी हेल्थ ग्याजेटहरू, शिक्षा र कर्पोरेट क्षेत्रका लागि उपयोगी स्मार्ट बोर्डहरू, व्यावसायिक व्यवस्थापनका लागि पीओएस सिस्टम र गुणस्तरीय प्रिन्टर सामग्रीहरू आकर्षणको केन्द्र बनेका थिए ।

यसका साथै, इनेक्स एआई क्यामेरालगायतका अत्याधुनिक प्रविधिहरूको पनि विशेष प्रस्तुति गरिएको थियो। जसमा एआई कन्फरेन्स क्यामेरा, ताररहित माध्यमबाट स्क्रिन सेयरिङ गर्ने उपकरण प्रदर्शन गरिएको थियो। सहभागीहरूले प्रत्यक्ष रूपमा उत्पादनका फिचर, प्रयोग क्षमता र व्यावसायिक सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए।

सहभागी पार्टनरहरूले प्रदर्शनीमा राखिएका उत्पादनहरूका विशेषता, प्रयोग गर्ने तरिका र बजारमा यसको व्यावसायिक सम्भावनाबारे प्रत्यक्ष जानकारी लिएका थिए। अनुभव आदान-प्रदान गर्दै पार्टनरहरूले सागर ग्रुपको तीन दशक लामो यात्रा र गुणस्तरीय सेवाको प्रशंसा गरेका थिए।

सागर ग्रुपले ३० वर्षको यात्रामा विश्वास, साझेदारी र प्रविधिमा आधारित समाधानलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ब्रान्ड सुदृढीकरण, पार्टनर नेटवर्क विस्तार र दीर्घकालीन सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Skip This
Skip This
Logo