जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछुः रमेश लेखक

जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछुः रमेश लेखक

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् । उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

Logo