काठमाडौँ

सर्वोच्च अदालतले साँढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ । "/>

साँढे ३३ किलो सुन तस्करी प्रकरणः सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

साँढे ३३ किलो सुन तस्करी प्रकरणः सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले साँढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ । न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो।

सुन तस्करीका मुख्य अभियुक्तलाई छाड्ने जिल्ला अदालत र उच्च अदालत विरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुगेको थियो । जिल्ला अदालत र उच्च अदालतले गत वर्ष साँढे ३३ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त रोशन भनिने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने निर्णय गरेका थिए ।

प्रहरीले सुन तस्करीका मुख्य अभियुक्त मानेका भुसाललाई जिल्ला अदालत काठमाडौंले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय अन्तरकालीन आदेश विरुद्धको निवेदन सहित सर्वोच्च पुगेको हो । सुन तस्करी र संगठित अपराधमा संलग्न व्यक्तिलाई जिल्ला अदालतले थुनछेक बहसमै धरौटीमा रिहा गर्नु गलत निर्णय भएको भन्दै गत बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो ।
नागरिकबाट

Logo