काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्री पाण्डे आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।
महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले निर्वाचन नलड्ने निर्णय सार्वजनिक गरिसकेका छन्। महामन्त्री थापाले भने पार्टी नेतृत्व परिवर्तन भए मात्र चुनाव लड्ने स्पष्ट पारेका छन्। नेतृत्व परिवर्तन नभए आफू निर्वाचनमा नजाने उनको अडान छ।
विश्वप्रकाश शर्माले लगातार तीन पटक उम्मेदवार बनेकाले अब नयाँ राजनीतिक संस्कार बसाल्न चुनाव नलड्ने बताएका छन्। सहमहामन्त्री पाण्डेले पनि नयाँ पुस्तालाई अवसर दिन निर्वाचनबाट पछि हट्ने निर्णय गरेका छन्।
तीन युवा पदाधिकारीको निर्णयले कांग्रेसभित्र नेतृत्व, उत्तराधिकार र चुनावी रणनीतिबारे बहस चर्किने संकेत देखिएको छ।





























प्रतिक्रिया