काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहमतिको अन्तिम चरणमा पुगेका छन् ।
रास्वपा सभापति लामिछानेसँग सहमतिको खाका तयार पार्ने काममा लागिरहेका कुमार बेन, असीम शाह र आसिफ शाहको भेटवार्ता सकिएको छ । अब उनीहरुले मेयर बालेनसँग निर्णायक भेटघाटको तयारी गरेका छन् ।
रवि र बालेनबिच पार्टी एकता वा सहकार्यको घोषणा आज रातिसम्म हुने बताइएको छ । उनीहरुसँगै उज्यालो नेपाल पार्टीका संरक्षक एवम ऊर्जामन्त्री कुलमान घिसिङ पनि एकतामा सहभागि हुने भन्ने बुझिएको छ ।
स्रोतहरुका अनुसार पार्टीको वरीयतामा रविपछि बालेन र कुलमान रहने गरी सहमतिको खाका कोरिँदैछ । अर्थात्, अब रवि पार्टीको शीर्षस्थानमा हुनेछन् भने त्यसपछिको समान हैसियतामा बालेन र कुलमान रहनेछन् । साथै बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा पनि रवि कायम भएका छन् ।





























प्रतिक्रिया