बाजुरा । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश बहादुर शाहले देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका छन् ।
शुक्रबार पार्टीले १० र ११ गतेको बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन् ।
उनले नेपालको स्वतन्त्रता, आत्मनिर्णयको अधिकार र सर्वोच्च शक्ति जोगाउन नेकपा पार्टी निर्माण भएको बताए । देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी खडा भएको बताउँदै नेता शाहले यसमा बलियो राजनीति इच्छाशक्ति, नागरिक एकता र सचेतनाका साथै राष्ट्रिय हितमा आधारित नितिहरु आवश्यक पर्ने बताएका हुन् ।
देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य र आन्तरिक खतराबाट सुरक्षित गर्न नेपाली कम्युनिस्ट पार्टीले आगामी दिनमा ठूलो भूमिका खेल्ने समेत नेता शाहले प्रष्ट पारेका हुन् । साथै उनले देशभक्ति पुर्ण कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी निर्माण भएको कुरामा जोड दिएका हुन् ।
पछिल्लो समय देश राष्ट्रिय स्वाधिनता र अखण्डताको संकटमा रहेको बताउँदै उनले यिनिहरुलाई पुनः ध्रुविकरण तथा एकताकद्ध गर्न आवश्यक रहेको बताए । साथै उनले सशस्त्र बिद्रोहको आयाम,सशस्त्र जनयुद्धको आयामलगायत विभिन्न कम्युनिस्ट आन्दोलनका आयामहरुलाई आत्मसात गर्न महत्त्वपूर्ण रहेको समेत बताए ।
उनले देशमा शान्ति, सुव्यवस्था कायम गर्न नेपाल कम्युनिस्ट पार्टी नीति, नियममा रहेर अघि बढ्ने समेत बताए । उनले आफू कुनै लोभ, लालचले नभई नीतिगत रुपमा फरक विचार राखेर नेकपामा प्रवेश गरेको समेत बताएका हुन् । उनले भने,‘एमालेले मदन भण्डारीको विचार, मनमोहनको त्याग, पुष्पलालको आर्दशलाई तिलाञ्जली दियो । सत्ता साझेदारका लागि जोसंग पनि गटझट गर्न थाल्यो । पद र सत्ताको लागि एमाले सधैं किँचलो हुँदै गएकोले पार्टी छोड्न बाध्य भए ।’































प्रतिक्रिया