३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल डिशहोम गो र एक्सन स्पोर्ट्स एचडी–१ मा प्रत्यक्ष प्रसारण

३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल डिशहोम गो र एक्सन स्पोर्ट्स एचडी–१ मा प्रत्यक्ष प्रसारण

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । लमजुङको सदरमुकाम बेसीसहरमा आयोजना हुने ३३औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ ।

यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ ।

बेसीसहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि जित्ने टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित १२ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

साथै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभागीय टिम एपीएफ फुटबल क्लब, सुन्दरबजार फुटबल क्लब, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो फुटबल क्लब, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ फुटबल क्लब, श्री भगवती फुटबल क्लब, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र बुद्ध युवा क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । आयोजकले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी दर्शकको सक्रिय सहभागिता र समर्थनको अपेक्षा गरेको छ ।

Skip This
Skip This
Logo