काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्वाचनबारे छलफल गर्ने भएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको भेटवार्तापछि प्रधानमन्त्रीले प्रत्यक्ष संवादलाई निरन्तरता दिन लागेकी हुन्।
सरकार फागुन २१ मा निर्वाचन गर्ने तयारीमा रहे पनि केही दलले शान्ति–सुरक्षालाई लिएर चासो व्यक्त गर्दै आएका छन्। यही पृष्ठभूमिमा प्रधानमन्त्रीको पहललाई निर्वाचनको वातावरण सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।































प्रतिक्रिया