विप्लव नेतृत्वको नेकपा (माओवादी) द्धारा संघर्षका कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेकपा (माओवादी) द्धारा संघर्षका कार्यक्रम घोषणा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा पार्टीले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम तय गरेको जनाइएको छ। कार्यक्रमअनुसार पुस १२ गते देशव्यापी मसाल जुलुस, १३ गते कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

पार्टीले प्रहरी कारबाहीप्रति आपत्ति जनाउँदै आफ्ना माग सम्बोधन नभए संघर्षलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

Logo