दिल्लीमा स्विच थिचेर दुई नेपाली आयोजनाको उद्घाटन

दिल्लीमा स्विच थिचेर दुई नेपाली आयोजनाको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट आईसीपीको उद्घाटन गरेका हुन् ।

भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्धेश्यसहित भारतले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । यसमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।

यसको निर्माण थालनी सन् २०११ देखि भएको हो ।

पेट्रोलियम पाइपलाइनको शिलान्यास

यसैबीच प्रधानमन्त्रीद्वयले अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । आज दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

सरकारले राष्ट्रिय प्राथमिकतायुक्त आयोजना घोषणा गरेर पेट्रोलियम पाइपलाइनको काम सुरू गरको थियो । पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थाका लागि सरकारले ०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेको थियो ।

Logo