चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष बस्याल निर्वाचित

चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैटौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष बस्याल निर्वाचित

केन्द्रबिन्दु
39
Shares

मनिषा लामिछाने,पोखरा। चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आज सम्पन्न छैटौँ अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले सन्तोष बस्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

यसैगरी उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार (क्गचभकज क्गलबच), सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। संघको सदस्य पदमा प्रेम थापा,विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएका छन्। यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि आशिष पुरी र मिलन थापा चयन भएका छन्।

अधिवेशनले निर्वाचित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चलचित्र पत्रकारिताको व्यावसायिक उन्नयन, संगठन सुदृढीकरण र पत्रकारहरूको हक–हितका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेको छ ।

Logo