काठमाडाैं । नेपाल–भारत मित्रता सुदृढ गर्ने उद्देश्यसहित लायन अमित थापाले काठमाडौं, नेपालबाट भारतको अहमदाबादसम्म ५,००० किलोमिटरभन्दा बढी दूरी एकल रूपमा यात्रा गरेका छन्।
उक्त यात्राको मुख्य उद्देश्य नेपालमा आयोजना हुन गइरहेको ५४औँ आईसेम फोरममा विश्वभरका लायन्स क्लब सदस्यहरूलाई नेपाल आमन्त्रण गर्नु रहेको थियो।
भारत पुगेपछि लायन अमित थापालाई त्यहाँका स्थानीय समुदाय तथा चर्चित राजनीतिक व्यक्तित्वहरूले भव्य स्वागत गरेका थिए। उनको यस साहसिक, समर्पित र प्रेरणादायी यात्राले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझ बलियो बनाएको छ।
लायन अमित थापाको यो उल्लेखनीय उपलब्धि विभिन्न भारतीय सञ्चारमाध्यम तथा टेलिभिजन समाचार च्यानलहरूमा समेत प्रसारित भएको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि प्रस्तुत गरेको छ।





























प्रतिक्रिया