काठमाडौं । नेकपा (एमाले)मा ११औँ महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई राखिएको छ ।
आज बसेको पहिलो सचिवालयको बैठकमा ओलीपछिको वरीयतामा बादललाई राखिएको हो । ११औँ महाधिवेशन पछि बरिष्ठ उपाध्यक्ष खारेज गरेर ५ जना उपाध्यक्षहरु रहेका छन् । अध्यक्ष ओलीका दाँयातर्फ उपाध्यक्षहरु र बायाँतर्फ महासचिव र उपमहासचिवहरु बसेका छन् । सचिवालय बैठकमा नेताहरुको ‘रो’ पनि बरिष्ठताको आधारमा नै कायम गरिएको देखिन्छ । बादल पछि विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त बसेका छन् ।
ओलीको देब्रेतिर महासचिव शंकर पोखरेल बसेका छन् । त्यसपछि ३ जना उपमहासचिवहरु क्रमस लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई छन् ।उनीहरुको बरियता पनि सोही अनुसार रहेको बुझिएको छ ।
त्यस्तै, ७ जना सचिवमा अघिल्लो कार्यकाल पनि सचिव रहेका छविलाल विश्कर्मा, पद्मा आर्याल रहेका छन् भने नयाँ थप भएका पदाधिकारीमा खगराज अधिकारी, भानुभक्त ढकाल रहेका छन् ।
ढकाल पछि शेरधन राई, यमलाल कँडेल बसेका छन् । १९ जना पदाधिकारीमा कँडेल पछि राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत बसेका छन् । यो वरियता अनुसार एमाले पदाधिकारीमा अब ओली १ नम्बरमा हुनेछन् भने महेश १९औं मा रहने छन्। पुराना र अघिल्लो कार्यकाल सोही बस्नेत भन्दा सिनियर नेता भएका कारण उनी अन्तिम स्थानमा परेपनि सचिव पदमा सबैभन्दा बढी भोट महेश बस्नेतले ल्याएका थिए ।































प्रतिक्रिया