काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले भारतसँग बिजुली ल्याउने प्रस्ताव गर्दा व्यक्तिगत इमेल प्रयोग गरेको स्वीकार गरेका छन् ।
शाक्यले गएको आइतबार बसेको सञ्चालक समितिको बैठक पावर ट्रेड डिपार्टमेन्टलाई जानकारी नै नदिई व्यक्तिगत इमेल प्रयोग गरेर भारतलाई प्रस्ताव पठाएका थिए । जबकि यसअघिसम्म भारतसँगको सबै विद्युत खरिद–बिक्री पावर ट्रेड डिपार्टमेन्टमार्फत, सञ्चालक समितिको छलफल र निर्णयपछि मात्रै हुने प्रचलन रहँदै आएको थियो । यस विषयमा समाचारहरु आएपछि उनले यसको स्विकार गरेका हुन् ।
उनले भनेका छन्, ‘सस्तोमा पनि ल्याउन सकिन्छ कि भनेर मैले व्यक्तिगत पहल गरेर प्रस्ताव मागेका हुँ ।’
प्रस्ताव जनवरी १ देखि मार्च ३१ सम्मका लागि देखाइए पनि मुख्य सुक्खा हुने अप्रिल–मे महिनाका लागि कुनै प्रस्ताव मागिएको छैन । यसले ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र पूर्वकार्यकारी निर्देशक मनोज सिलवाललाई बदनाम गराउने योजनाबद्ध खेल खेलको शाक्यमाथि आरोप पनि लागेको छ ।





























प्रतिक्रिया