टेरामक्स खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश

टेरामक्स खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेषले माग्यो सर्वोच्चको आदेश

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पूर्वमन्त्री मोहन बस्नेतसमेत मुछिएको टेरामक्स प्रविधि खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतको आदेश झिकाउन आदेश गरेको छ ।

आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले सर्वोच्चको आदेश मागेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७६ वैशाख २० गते भएको निर्णयविरुद्ध भानराइज सोलुसनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिटमा सर्वोच्च अदालतले २०७८ वैशाख १४ गते आदेश दिएको थियो। यही विषयसँग सम्बन्धित अर्को रिट निवेदनमा भएको आदेशको प्रमाणित प्रतिलिपि पनि सर्वोच्चबाट झिकाउन विशेष अदालतले आदेश दिएको हो।

Logo