राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेछ -अध्यक्ष लिङ्देन

राप्रपाले निर्वाचनमा सक्रिय रुपमा भाग लिनेछ -अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
27
Shares

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताएका छन् ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउने बताएका हुन् । उनले हिन्दू राष्ट्रको रक्षा गर्ने एक मात्र पार्टी राप्रपा भएकाले यस सम्बन्धमा इमान्दार एवं सक्रिय रुपमा पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले भने, “जेनजी पुस्ताको विद्रोह भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु हो, निर्वाचन होइन ।” उनले जेनजी पुस्तासहित मुलुकमा विद्यमान सबै शक्तिबीच गोलमेच सम्मेलन गरी निर्वाचन अगाडि देखिएका माग समाधान गर्न आग्रह गरे ।

Logo