टुंगिएन रवि–बालेन–कुलमान एकता वार्ता, प्रयास जारी

टुंगिएन रवि–बालेन–कुलमान एकता वार्ता, प्रयास जारी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातिसम्म चलेको एकता वार्ता सहमतिमा पुग्न सकेन। दल एकताका विषयमा सहकार्यको वातावरण बने पनि नेतृत्व र भूमिकाको विषयमा कुरा नमिल्दा वार्ता निष्कर्षविहीन भएको हो।

केही दिनदेखि तीन नेताबीच निरन्तर संवाद हुँदै आएको थियो। कुलमानसँग सहमति नजुटेपछि आइतबार बिहान रवि र बालेनबीच मात्र सातबुँदे सहमति भएको थियो। त्यसपछि जेन–जी युवा समूहको पहलमा कुलमानसँग पुनः छलफल सुरु भए पनि अपेक्षित परिणाम आएन ।

वार्तामा सहभागी स्रोतका अनुसार कुलमान पक्षले पार्टी नेतृत्वमा महत्वपूर्ण भूमिका सुनिश्चित हुनुपर्ने माग राखेको थियो। तर त्यसमा रवि–बालेन पक्ष तयार नहुँदा सहमति बन्न सकेन। यद्यपि आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले सहमतिका लागि अन्तिम प्रयास गरिने नेताहरूको भनाइ छ ।

आज पनि वार्ता हुने स्रोतले बताएको छ ।

Skip This
Skip This
Logo