काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन तीव्र बन्दै जाँदा नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगमा बयानका लागि उपस्थित भएका छन्। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला गृह प्रशासनको जिम्मेवारी सम्हालेका लेखकसँग आयोगले औपचारिक सोधपुछ गर्न लागेको हो।
आयोगले गत पुस १३ गते नै उपस्थित हुन निर्देशन दिएको भए पनि लेखक आज मात्रै बयानका लागि आयोग पुगेका हुन्। आयोगको पत्र प्राप्त भएपछि आफू बयान दिन जाने जानकारी पार्टीलाई औपचारिक रूपमा गराइसकेको लेखकले बताएका थिए ।
बयान सकिएपछि लेखकले पत्रकार सम्मेलन गरेर जेन–जी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। आन्दोलनका क्रममा राज्य संयन्त्रको भूमिका, निर्णय प्रक्रिया र जिम्मेवारीबारे उनको बयानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।





























प्रतिक्रिया