पाल्पा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नु पर्ने बताएका छन् । "/>

तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नुहोस : मन्त्री पण्डित

तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नुहोस : मन्त्री पण्डित

केन्द्रबिन्दु
0
Shares

पाल्पा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नु पर्ने बताएका छन् । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भन्ने भनाई राखेका थिए ।

मन्त्री पण्डितले भने — “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।” निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा पनि अनेक धम्की आउँदा समेत जनताको सुसूचित हुने अधिकारको प्रवद्र्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभासद नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदाहरणीय जनपक्षीय प्रसारण संस्था बनेको बताएका थिए ।
रासस

Logo