एकताको प्रयास असफल भएपछि छुट्टै समानुपातिकको सूची बनाउँदै उज्यालो नेपाल पार्टी

एकताको प्रयास असफल भएपछि छुट्टै समानुपातिकको सूची बनाउँदै उज्यालो नेपाल पार्टी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौंका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग तत्काल एकता सफल हुने नदेखेपछि उज्यालो नेपालले छुट्टै बन्द सूची बुझाउने गृहकार्य थालेको हो ।

मेयर बालेन रास्वपासँग मिलेपछि पनि हिजो राति अबेरसम्म एकताका लागि प्रयास भइरहेको थियो । रास्वपा सभापति रवि लामिछाने, बालेन र कुलमान घिसिङले हिजो राति पनि संवाद गरेका थिए । तर पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उज्यालो नेपालले समानुपातिकको सूचीलाई अन्तिम रुप दिन लागेको हो । हाल समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको छ ।

उज्यालो नेपाल र प्रलोपाबीच हिजै सहमति हुने खबर पनि बाहिरिएका थिए । प्रलोपा अध्यक्ष परिषदका अध्यक्ष सन्तोष परियारले हिजो प्रलोपाकै केही नेताहरूले बस्नुपर्यो भनेपछि कुलमान घिसिङसँग भेट्न गएको तर उनले भोलि फेरि कुरा गरौँला भनेपछि आफ्ना कुरा राखेर फर्किए । तर कुरा अघि बढ्न सकेन ।

निर्वाचन आयोगले समानुपातिक तर्फका नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ ।

Skip This
Skip This
Logo