रास्वपासँग एकीकरणपछि उज्यालो नेपालद्वारा १८ सदस्यीय समानुपातिक सूची आयोगमा दर्ता

रास्वपासँग एकीकरणपछि उज्यालो नेपालद्वारा १८ सदस्यीय समानुपातिक सूची आयोगमा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक रूपमा एकीकरण भएको उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट समानुपातिक निर्वाचनका लागि १८ जना उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन आयोगमा पेश गर्ने प्रक्रिया अघि बढाएको छ ।

एकीकरण सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै साविक उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय नेतृत्वको टोली आयोग पुगेको हो।

केन्द्रविन्दुलाई प्राप्त विवरणअनुसार बन्दसूचीमा अध्यक्ष अनुप कुमार उपाध्यायसहित केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्मलाल तामाङलगायत विभिन्न क्षेत्र र पृष्ठभूमिका नेताहरू समावेश छन्।

रास्वपासँगको एकीकरणपछि उज्यालो नेपाल पार्टीका तर्फबाट प्रस्तुत यो सूचीलाई नयाँ राजनीतिक सहकार्यको औपचारिक सुरुवातका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले समावेशी प्रतिनिधित्व र संगठनात्मक सन्तुलनलाई ध्यानमा राखेर सूची तयार गरिएको जनाएको छ ।

Logo