काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आज देखि हुने भारतको राजकीय भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छिन् । "/>

प्रधानमन्त्रीको भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

प्रधानमन्त्रीको भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आज देखि हुने भारतको राजकीय भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छिन् । आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन हिजो साँझ शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देश बीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताएकी हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देश बीचको सदियौँ देखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको सहभागिता थियो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार विहान ९ बजे भारतको राजकीय भ्रमणमा जाँदै छन् ।
रासस

Skip This
Skip This
Logo