काठमाडौं । नेपालले हिउँदको बढ्दो माग धान्न भारतबाट आयात गर्दै आएको ६५४ मेगावाट विद्युतको अनुमति नवीकरण भएको छ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ‘भारतीय इनर्जी एक्सचेन्ज’ (आईईएक्स) को प्रतिस्पर्धी दरमा आधारित डे-अहेड र रियल-टाइम मार्केटबाट विद्युत ल्याउने समय थप गरेको हो।
यसअघि दिइएको अनुमतिको म्याद आज (बुधबार) सकिन लागेको अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतीय अधिकारीहरूसँग गरेको सक्रिय संवादपछि यो नवीकरण सम्भव भएको हो। मन्त्री घिसिङले मंगलबार भारतीय विद्युत मन्त्रालयका उच्च अधिकारीहरूलाई टेलिफोन गरी चौबीसै घण्टा विद्युत आयातको वातावरण मिलाउन आग्रह गरेका थिए ।
यो अनुमति १७ पुस २०८१ देखि १७ चैत २०८२ सम्मका लागि लागू हुनेछ।





























प्रतिक्रिया